मंगलवार, आश्विन १३ गते २०८३

श्रीलंकासँगको खेल वर्षाका कारण रद्द हुँदा नेपाल बाहिरियो

मंगलवार , आश्विन १३, २०८३


काठमाडौं । श्रीलंकासँगको खेल वर्षाका कारण रद्द हुँदा नेपाल २०औं एसियाली खेलकुदअन्तर्गत पुरूष क्रिकेटबाट बाहिरिएको छ।

मंगलबार बिहान पौने ६ बजे जापानको कोरोगी स्पोर्ट्स पार्कमा हुने तय भएको खेल वर्षाका कारण रद्द भएको हो।


खेल रद्द भएसँगै वरियताका आधारमा श्रीलंका सेमिफाइनलमा पुगेको छ। श्रीलंकाले सेमिफाइनलमा भारतसँग सामना गर्नेछ। नेपालको यात्रा भने टुंगिएको छ।


नेपालले समूह चरणमा अफगानिस्तानलाई हराएको थियो भने जापानसँगको खेल नतिजाविहीन भएपछि समूह विजेताका रूपमा क्वाटरफाइनलमा स्थान बनाएको थियो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार