मंगलवार, आश्विन १३ गते २०८३

बागलुङ पहिरो : मृतकको संख्या १२ पुग्यो

मंगलवार , आश्विन १३, २०८३

बागलुङ। बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् ।

ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको मृत्यु भएको प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईंले जानकारी दिए ।

पहिरोमा परी पुनका श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका उनले बताए । जिल्लामा अविरल वर्षापछि आएको विपद्‌मा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ भने विपद्‌मा परी एकजना बेपत्ता छन् ।

शनिबार ताराखोलामै एकजनाको मृत्यु भएको थियो । थियो भने आइतबार बागलुङको तमानखोला गाउँपालिकामा चारजनाको मृत्यु, एक बेपत्ता र निसीखोला गाउँपालिकामा पाँचजनाको मृत्यु भएको थियो । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार