मंगलवार, आश्विन १३ गते २०८३

राष्ट्रसंघको ८१ औँ महासभाका अध्यक्षसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता

मंगलवार , आश्विन १३, २०८३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अध्यक्ष डा। खलिलुर रहमानसँग भेटवार्ता गरेका छन् ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले महासभाको ८१औँ अधिवेशनको अध्यक्ष पदमा निर्वाचित भएकोमा रहमानलाई बधाई दिदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

साथै, उनले अध्यक्षको कार्यकालमा नेपालका तर्फबाट पूर्ण रूपमा सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरे ।

भेटका क्रममा दुवैबीच महासभा अध्यक्षका प्राथमिकताका विषय तथा संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राखेर बहुपक्षीयतालाई थप सुदृढ बनाउने महत्त्वबारे छलफल भएको थियो ।

सो अवसरमा नेपालमा हालै गएको विनाशकारी जलवायुजन्य विपद्का प्रभाव र त्यसले पुर्‍याएको क्षतिका विषयमा समेत विचार आदानप्रदान भएको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार