काठमाडौं । अमेरिकाको संसदमा ‘डाइभर्सिटी इमिग्रेन्ट भिसा प्रोग्राम’ अर्थात् (डिभी) अन्त्य गर्नेसम्बन्धी विधेयक पेश भएको छ । रिपब्लिकन प्रतिनिधि माइक कोलिन्सले अमेरिकाको सुरक्षा र निष्पक्षता सुधार्ने विधेयक २०२५ संसदमा प्रस्तुत गरिएको हो ।
विधेयको मुख्य उद्देश्य जारी भिसा लट्री अन्त्य गर्नु रहेको अमेरिकी सञ्चारमाध्यम फक्स न्यूजले जनाएको छ । रिपब्लिकन सांसदहरूले डिभी लट्री कार्यक्रम अन्त्य गर्ने तयारीसहित विधेयक प्रस्तुत गरिएको हो ।
सांसदहरूले कम्प्युटर कोडका आधारमा भिसा वितरण गर्दा राष्ट्रिय सुरक्षालाई कमजोर पारिरहेको तर्क गरेका छन । अमेरिकी विदेश विभागले सञ्चालन गरिरहेको डिभी प्रोग्रामले वार्षिक झन्डै ५५ हजार जना आप्रवासीलाई ‘ग्रीन कार्ड’ दिने गरेको छ ।