काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक परिषद्मा भएका नियुक्ति संवैधानिक भएको दाबी गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटा र निशान्त बाबु खड्काले संवैधानिक आयोगमा संवैधानिक परिषद्ले गरेको नियुक्तिविरुद्ध हालेको रिटमा जवाफ दिँदै प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतलाई यस्तो जवाफ दिएका हुन् ।
संवैधानिक परिषद् सदस्यका रूपमा अदालतलाई जवाफ फर्काएका प्रधानन्यायाधीशले संविधानसम्मत जारी भएको अध्यादेशमा सभामुख सापकोटाले गैरसंवैधानिक भन्दै हालेको रिट मनासिव नभएको उनको दाबी छ ।