काठमाडौँ । सरकारले राष्ट्रिय हित प्रतिकूल रहेका सबै सन्धि सम्झौताहरू पुनरावलोकन गर्ने जनाएको छ । गठबन्धन सरकारले आज सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रमा लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका छिमेकी मुलुकहरुसँग समाधान हुन बाँकी सीमा समस्याहरू कूटनीतिक माध्यमबाट समाधान गर्ने घोषणा गरेको छ ।
कार्यक्रममा वर्षौदेखि द्विपक्षीय र बहुपक्षीय रुपमा विवादमा रहेका विषयहरूलाई सल्टाउने विषय समावेश गरिएको हो । ‘राष्ट्रिय हितको संवर्द्धन’ गर्ने शीर्षकअन्तर्गत सन्धि र सीमा समस्याबारे सरकारले आफ्नो प्राथमिकता देखाएको हो ।