सोमवार, आश्विन २६ गते २०८३

देउवा सर्वत्र असफल व्यक्ति हुन्, उनै सत्ता सम्हाल्न पुगे: रामचन्द्र पौडेल

सोमवार , श्रावण २५, २०७८

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापित शेरबहादुर देउवाप्रति कडारुप कटाक्ष गरेका छन्।

एका विहानै समाजिक सञ्जालमा एक पोष्ट लेख्दै वरिष्ठ नेता पौडेलले देउवालाई सर्वत्र असफल व्यक्ति भनि टिप्पणी गरेका छन्। उनले महाधिवेशन गर्न नसकेकोमा पनि आक्रोस पोखेका छन्।

पौडेलले पार्टी विधानअनुसार हरेक चार वर्षमा गरिसक्नु पर्ने महाधिवेशन थपिएको साढे एक वर्ष वितिसक्दा पनि हुन नसकेको भन्दै नेतृत्वको चरम लापरबाही र असफलता भएको बताएका छन्।

उनले पार्टी नेतृत्वले नै नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्‍याएको गुनासो गरेका छन्।

Rc Paudel.JPG

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार