काठमाडौं । काठमाडौंको कालीमाटी तरकारी बजारमा एक जना मजदुरको हत्या भएको छ । तरकारी बजारमा काम गर्ने मकवानपुरका ४१ वर्षीय रामकृष्ण दाहाल आज बिहान मृत भेटिएका प्रहरीले जनाएको छ ।
दाहालको टाउको र शरीरमा चोटपटक देखिएको छ । तरकारी बजारमा भारी बोक्ने काम गर्ने दाहालको हत्या आशंकामा प्रहरीले उनीसँगै बस्ने चार जनालाई नियन्त्रणमा लिएको छ ।बिहान कोठा नजिकै शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले कालीमाटी प्रहरी वृत्त र अपराध अनुसन्धान कार्यालयको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।
कुटपिटबाट दाहालको हत्या भएको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार पक्राउ परेका चार जना तरकारी बजारमै काम गर्ने र सँगै बस्ने व्यक्तिहरू रहेका छन् ।