सोमवार, आश्विन २६ गते २०८३

बाबुराम भनछन्: ‘प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्छ'

सोमवार , श्रावण २५, २०७८

काठमाडौं । सत्ता गठबन्धनका नेता तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले कोरोना जस्तै प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्ने शंका व्यक्त गरेका छन् ।

आइतबार राति ट्विट गर्दै भट्टराईले असंवैधानिक भेरियन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा ‘अर्ली इलेक्सन’ भेरिएन्ट आउनसक्ने बताएका हुन् । ‘कोरोना झैं प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्छ है! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ,’ उनले लेखेका छन् ।

पहिलो भेरिएन्टले संविधानको सशरीर हत्या गर्नै लागेको र दोश्रोले संविधानको आत्मा मार्ने गरी आउनसक्ने उनको भनाइ छ ।अध्यक्ष भट्टराईले अहिले नै ढुक्क भएर आ-आफ्ना पार्टी वा गुटतिर नफर्कन नेताहरुलाई सुझावसमेत दिएका छन् ।

 

baburam bhattrai.png

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार