शुक्रवार, आश्विन २३ गते २०८३
एमाले विवाद

एमाले कार्यदल बैठक : नँया सिराबाट समाधान खोज्ने सहमति

सोमवार , आषाढ २१, २०७८

काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठकमा विवाद समाधानका लागि नयाँ शिराबाट अघि बढ्ने सहमति भएको छ । 

सोमबार साँझ भएको कार्यदलको बैठकमा दुबै पक्षले आ आफ्नो अडान छाडी नयाँ सिराबाट अघि बढ्ने सहमति नजिक पुगेका हुन् । 

एमालेका दुई पक्षले अडान राख्दै आएको जेठ २, प्रतिनिधि सभा विघटन, हस्ताक्षर फिर्ता लगायतका विषय नउठाउनेमा नेताहरु सहमति नजिक पुगेका हुन् । 

यसअघि ओली पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै गरेको हस्ताक्षर फिर्ता गर्नुपर्ने अडान राखेको थियो भने माधव नेपाल पक्षले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै गल्ती स्वीकार्नुपर्ने अडान राखेको थियो ।

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा परेको रिट निवेदनमाथिको बहस सोमबारै सकिएकाले पनि यो मुद्दामा नेताहरू अव प्रवेश गर्न नचाहेको बताइएको छ । योसँगै सर्वोच्चको फैसला जे आउँछ त्यो मान्न दुवै पक्ष तयार भएको जनाइएको छ । 

सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठकमा यसअघि भएका अनौपचारिक रूपमा भएका भएका छलफलबारे विषय प्रवेश भएको र सौहार्दपूर्ण वातावरणमा कुराकानी सुरु भएको कार्यदल सदस्यहरूले बताएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार