मंगलवार, आश्विन २७ गते २०८३

६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु

शुक्रवार , फाल्गुण १६, २०८१

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।

काठमाडौंवासीको समेत निद्रा खल्बलिने गरी गएको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

२ बजेर ५१ मिनेटमा गएको भूकम्पको तीव्रता ६.१ म्याग्निच्युड मापन गरिएको छ । शक्तिशाली भूकम्पको कारण काठमाडौं उपत्यकावासीलाई समेत ब्युँझाएको थियो । भूकम्पले पुर्याएको क्षतिको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार