काठमाडौं । काभ्रेको भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुंवरले २४ गते आइतबार विभिन्न पत्रपत्रिका तथा सञ्चार माध्ययमा आफुले सेवाग्राहीलाई हातपात गरेको समाचार प्रकाशित भएकोप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले भ्रामक समाचार प्रकाशित गरी आफ्नो चरित्र हत्या गर्न खोजेको भन्दै विज्ञप्ती जारी गरी त्यसको भत्र्सना गरेको हुन् । प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘२०७८ साल श्रावण महिनाको २४ गतेका दिन काभ्रेपलाञ्चोक जिल्लाबाट प्रकाशित विभिन्न अनलाईन मिडिया तथा सामाजिक सञ्जाँलमा गाउँपालिका अध्यक्षले कार्यकक्षमा सेवाग्राहीलाई हातपात गरेको भन्ने प्रकाशित समाचार प्रति यस भुम्लु गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ ।
यसरी नभएको नगरेको घटनाको काल्पानिक समाचार तयार गरी जनप्रतिनिधिलाई चरित्र हत्या एंव गाउँपालिकाको मानमर्दन हुने गरी दुराषयपूर्ण अभिप्राय राखी प्रकाशित गरिएको समाचार प्रति यस गाउँपालिका घोरभत्सर्ना गर्दछ । साथै सम्बन्धित पक्षलाई कुटपिट गरेको अरोप पुष्टि गर्न चुनौती दिन चाहान्छौँ ।
साथै विज्ञप्तिमार्फत घटनाको पुष्टी गर्न चुनौती दिइएको छ । गाउँपालिकाको वडा न ४ मा सिमपाल कृषि सडक निर्माणको क्रममा सम्बन्धित जग्गा धनी पृथ्वी बहादुर कुवँर र छोरा तुलसी बहादुर कुवँर र समितिको पदाधिकारीबीच झडप हुँदा पदाधिकारीलाई हसियाँ प्रहार गरी घाईते बनाएको घटनामा छलफल भएको र त्यँहापनि दुवै पक्ष बिच भनाभन हुँदा सम्झाई वुझाई गरेको घटनालाई लिएर गलत समाचार प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।