मंगलवार, आश्विन १३ गते २०८३

फिफा विश्वकप विजेता बुफोन आज काठमाडौं आइपुग्ने

आइतवार , फाल्गुण १८, २०८१

काठमाडौं । फिफा विश्वकप विजेता इटालीका लिजेन्ड गोलकिपर जियानलुइजी बुफोन आज काठमाडौं आइपुग्ने भएका छन् । उनी तेस्रो संस्करणको केपी ओली कप फुटबलको फाइनलका लागि नेपाल आउन लागेका हुन् ।

शुक्रबार भिडियो सन्देश दिँदै उनले आफू नेपाल आउन लागेको जानकारी दिएका थिए । ‘नमस्ते सबै जनालाई म जिजी बुफोन, केपी ओली कपको फाइनलमा चिफ गेष्टका रूपमा मार्चको पहिलो हप्ता म नेपाल आउँदै छु । सबै जनालाई त्यही भेटौँला,’ उनले भनेका छन् ।

बुफोन केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा सहभागी हुन आज बिहान नेपाल आइपुग्ने तालिका रहेको आयोजक युवा संघ नेपालका सचिव निरोज पौडेलले जानकारी दिए ।

तेस्रो संस्करणको केपी ओली कपको फाइनल १९ फागुनमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार