मंगलवार, आश्विन १३ गते २०८३

चोलेन्द्र प्रकरणमा मानव अधिकार आयोगले एसएसपी खड्कासँग लियो बयान

मंगलवार , आश्विन १३, २०८३

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगले मंगलबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कासँग बयान लिएको छ। 

आइतबार पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरेपछि अनुगमनका लागि पुगेको आफ्नो टोलीलाई भेट्न रोक लगाइएको भन्दै मानव अधिकार आयोगले एसएसपी खडकालाई बयानका लागि बोलाएको थियो।

मंगलबार बिहान साढे ११ बजे आयोगको कार्यालयमा पुगेका एसएसपी खड्का बयान दिएर फर्किसकेको आयोगका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए। आयोगले प्रहरीले संवैधानिक तथा कानुनी अधिकारको सम्मान नगरेको दाबी गरेको छ।

संवैधानिक तथा कानुनी दायित्व पूरा गर्न अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन आयोगले सरकारसँग माग गरेको थियो।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार