मंगलवार, आश्विन २७ गते २०८३

टोखामा प्रहरीले चलायो गोली

आइतवार , फाल्गुण १८, २०८१

काठमाडौं । काठमाडौंको टोखामा प्रहरीले गोली चलाएको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर एक जनालाई पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार प्रहरीले तीन राउन्ड गोली चलाएको छ । एक राउन्ड गोली पक्राउ परेका व्यक्तिलाई लागेको छ । पक्राउ पर्नेमा गुड्डु पटेल रहेको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार पटेललाई उपचारका लागि अस्पताल पठाइएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार