मंगलवार, आश्विन २७ गते २०८३

मोरङ पथरीमा एउटै डोरीको पासोमा झुण्डिए युवा-युवती

मंगलवार , फाल्गुण २०, २०८१

काठमाडौं । मोरङको पथरीशनिश्चरेमा युवा-युवती एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

मोरङको पथरीशनिश्चरे-५ का अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका-२ की जाबुमुनी हस्दा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनीहरु दुवै जना विवाहित हुन् । पथरीशनिश्चरे नगरपालिका-५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा रहेको पिठारीको रूखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा उनीहरु फेला परेको प्रहरीले जनाएको छ । मृतक युवतीको विवाह मोरङको कटरी गाँउपालिकामा भएको थियो ।

इलाका प्रहरी कार्यालय पथरीका अनुसार उनीहरु दुवै जना नाइलनको डोरीले पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएका हुन् । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको प्रहरीले बताएको छ । घटनास्थल अजयको घरबाट करिब १ किलोमिटर दक्षिणमा रहेको छ । मृत फेला परेकी जुबामुनीका पति कान्छा टुडू वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् ।

मृतक अजयको घरमा पत्नी र २  छोरा रहेका छन् । उनीहरु विवाहेत्तर सम्बन्धमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार