काठमाडौं । काठमाडौंमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीले बृहत् प्रदर्शन गरेको छ । राजतन्त्र पुनर्बहाली हुनुपर्ने मागसहित राप्रपाले जनप्रदर्शन गरेको हो ।
प्रदर्शनमा राष्ट्रिय झण्डासहित ‘राजा आउ, देश बचाऊ’ लगायत नाराहरू लगाएका थियो । प्रदर्शनमा करिब दुई हजार जतिले सहभागिता जनाएका थिए । राप्रपाले काठमाडौंमा मोटरसाइकल र्यालीसमेत गरेको थियो ।
र्याली बबरमहलबाट सुरु भएर थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल हुँदै दरबारमार्ग पुगेको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेता तथा कार्यकर्ताहरू नेपालको राष्ट्रिय झन्डा बोकेर र्यालीमा सहभागी भएका थिए ।