काठमाडौं । काठमाडौंको धुम्बाराहीमा इभी (इलेक्ट्रिक भेइकल) बसमा आगलागी भएको छ ।
चक्रपथ परिक्रमा रुटमा चल्ने बसमा हिजो आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताएका छन् । प्रदेश-३-०५-००५ ख ९६९३ नम्बरको बसमा आगलागी भएको हो ।
एसपी बोहोराका अनुसार बसमा रातिमा चार्ज गर्ने क्रममा आगलागी भएको हो । आगलागीको जानकारी पाउनासाथ प्रहरीले बसको आगो तत्कालै नियन्त्रणमा लिएको थियो । कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।