आइतवार, कार्तिक ९ गते २०८३

मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक वाग्लेको मृत्यु

मंगलवार , श्रावण २६, २०७८

काठमाडौं । मोटरसाइकलको ठक्करबाट एक प्रहरी निरीक्षकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासीका इन्चार्ज कपिल वाग्लेको  गएराति भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

तनहुँको म्याग्दे गाउँपालिका घर भएका उनलाई बाटोमा हिंडिरहेको बेला लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएपछि उनलाई उपचार गर्न रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा लगिएको भएपनि उनको राति करिव ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक सुनवल नगरपालिका वडा नम्बर १ का दीपेन्द्र पुन मगर पनि गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार