मंगलवार, आश्विन २७ गते २०८३

सामाखुसीमा ढलभित्र छिरेका पुरुषको उद्धार

आइतवार , फाल्गुण २५, २०८१

काठमाडौं । काठमाडौंको सामाखुसीमा ढलभित्र छिरेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ ।

विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीले आइतबार बिहान काठमाडौं महानगरपालिका-२ टेकुस्थित कनक पेट्रोल पम्प नजिकैबाट ढलभित्र छिरेका युवकको उद्धार गरेको हो । प्रहरी स्रोतका अनुसार उद्धार गरिएका व्यक्तिको वतन खुल्न बाँकी रहेको छ । उद्धार गरिएका व्यक्ति अन्दाजी ३०/३१ वर्षका रहेको प्रहरीले जनाएको छ ।

आइतबार बिहान उनी ढलमा खसेका थिए । ढलमा खसेको जानकारी पाउनसाथ प्रहरीको विपद् व्यवस्थापनको टोलीले उद्धार गरेको हो । प्रहरीका अनुसार उद्धार गरिएका व्यक्ति सुस्त मनस्थितीको रहेका छन् । उपचारका लागि उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार