एजेन्सी। अफगानिस्तानमा जारी तालिबान–अफगान सुरक्षाबल युद्धको मारमा बालबालिका परेका छन्। जारी हिंसाको पछिल्लो तीन दिनमा मात्रै कम्तीमा २७ बालबालिकाको ज्यान गएको अधिकारीले पुष्टि गरेका छन्।
संयुक्त राष्ट्रसंघले पनि द्वन्द्वका कारण बालबालिका जोखिममा परेको जनाएको छ। बालबालिका सम्बन्धी संयुक्त राष्ट्रसंघीय एजेन्सी युनिसेफले बालबालिकाविरुद्ध तीव्र गतिमा बढेको हिंसाले गम्भीर आश्चर्य र चिन्ता प्रकट गरेको छ।
अमेरिकीसहितका विदेशी सैनिक फिर्ता हुने क्रम जारी रहँदा अफगानिस्तानमा तालिबानले आफ्नो नियन्त्रण क्षेत्र बिस्तार गरेको छ।अन्तर्राष्ट्रिय स्तरबाट युद्धविरामको आह्वान गरे पनि तालिबानले अस्वीकार गरेको छ।