काठमाडौं । रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न अमेरिकाले ठूलो कदम चाल्ने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युद्ध अन्त्य गर्न वार्ता गर्ने भएका हुन् । अन्तराष्ट्रिय सञ्चार माध्यमसँग कुराकानी गर्दै ट्रम्पका विशेष दूत स्टिभ विटकफले यो जानकारी दिएका हुन्।
जनवरीमा ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गरेपछि दुई देशका नेताहरूले रुस(युक्रेन युद्धको बारेमा सार्वजनिक रूपमा छलफल गर्न लागेको यो दोस्रो पटक हो। ट्रम्प र पुटिनले फेब्रुअरीमा वार्ता गरे र युक्रेनमा युद्ध अन्त्य गर्न उच्चस्तरीय वार्ता सुरु गर्न सहमति गरे ।