आइतवार, कार्तिक ९ गते २०८३

असाधारण जनमतसहित फेरि सत्तामा प्रवेश गर्छु : ओली

मंगलवार , श्रावण २६, २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि असाधारण जनमत सहित आफू सत्तामा प्रवेश गर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले जालझेलबाट नभई फेरि पनि असाधारण जनमत सहित प्रवेश गर्ने भनाई राखे ।

उनले भने,  मलाई राम्रो ग्रहदशामा बनाएको होइन । मेरो काम हेरेर जनताले मत दिएर बनेको हो । म विभिन्न पार्टीका नेताहरुको ईर्ष्या, जलन कुण्ठाले प्रधानमन्त्री भएको होइन।’ प्रधानमन्त्री शेरबहादुर देउवालाई कटाक्ष गर्दै जाली मुद्धा र परमादेशबाट नभएकाले आफू जनमतबाट प्रधानमन्त्री बनेको बताए ।

पहिलो कार्यकालबाट बाहिरिँदै गर्दा पनि आफूले फेरि असाधारण जनमतसहित फर्कन्छु भनेको स्मरण गर्दै ओलीले फेरि त्यहि परिस्थितिबाट आउन सक्ने जिकिर गरे ।  अलोकतान्त्रिक गठबन्धनको सरकारले एक महिना बितिसक्दा समेत बधाईको रोइलो गरिरहेको उनको आरोप थियो । 

प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणालीको नभएर अलोकतान्त्रिक गठबन्धनतर्फ देश जान थालेको बताए । देउवाले एक महिना खेर फालि सकेकाले अझै १४÷१५ महिना बधाई र शुभकामनाको लहर चल्ने भन्दै उनले व्यंग्य गरे । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार