काठमाडौं । दार्चुला घटनाबारे सत्यतथ्य छानविन गरी जानकारी गराउन सभामुख अग्नी सापकोटाले ध्यानाकर्षण गराएका छन् । महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खोलिदिँदा जयसिंह धामी बेपत्ता भएकोप्रति सभामुख अग्निप्रसाद सापकोटाले ध्यानाकर्षण गराउँदै सत्यतथ्य छानविन गर्न भनेका हुन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले भने, ‘नेपालबाट भारत जाने क्रममा तुइनबाट खसेर मृत्यु भएकोप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ। त्यसको सत्यतथ्य छानबिन गर्न माग गर्दछु।’
घटनाका दोषीलाई कारबाही माग गर्दै यतिखेर व्यापक विरोध भइरहेको छ । गृह मन्त्रालयले आइतबार दार्चुला घटना छानबिन गर्न सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो ।