मंगलवार, आश्विन १३ गते २०८३

हमासका प्रधानमन्त्री अल दलिसको हत्या

बुधवार , चैत्र ५, २०८१

काठमाडौं । इजरायलले गाजामा हमासका प्रधानमन्त्री इसम दिब अब्दुल्लाह अल दलिसको हत्या गरेको छ ।

इजरायलको रक्षा बलले अब्दुल्लाको मृत्यु भएको पुष्टि गरेको हो । अब्दुल्ला, जुलाई २०२४ मा रुही मुश्ताहाको मृत्यु पछि सो पदमा आएका थिए।

अब्दुल्लाले गाजामा हमासको सरकार चलाएका थिए। उसले हमासको संगठन र आतंकवादी गतिविधिको जिम्मेवारी पनि लियो। पछिल्लो २४ घण्टामा इजरायलले हवाई हमलामा हमासका ३ प्रमुख आतंककारीलाई पनि मारेको जनाइएको छ ।

जसमा हमासका कमाण्डर तथा राजनीतिक नेता महमूद मारजुक अहमद अबु वत्फा, बहजत हसन मोहम्मद अबु सल्तान र अहमद ओमर अब्दुल्लाह अल हता रहेका छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार