सोमवार, आश्विन २६ गते २०८३

चार प्रदेशमा वर्षाको सम्भावना

बिहिवार , चैत्र ६, २०८१

काठमाडौँ । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुकोसमेत आंशिक प्रभाव रहेको छ।

यतिबेला  देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। देशका बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा आज हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार