आइतवार, कार्तिक ९ गते २०८३

उपत्यका निषेधाज्ञा थपियो : बिहीबारबाट राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

मंगलवार , श्रावण २६, २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा फेरी थप गरिएको छ । थप गरिएको निषेधाज्ञामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ । थपिएको निषेधाज्ञा ८ भदौसम्म जारी रहनेछ । 

बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो । कोरोना संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो । अत्यावश्यक सवारीसाधनमा भने यो नियम लागु नहुने जनाइएको छ ।   

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार