काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से १२.३८ अंकले घटेको छ । सो गिरावटपछि नेप्से २६६९.७६ विन्दुमा कायम भएको छ ।
बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब १४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५६ करोडको कारोबार भएको छ । यस दिन कारोबार भएकामध्ये २५ प्रतिशत कम्पनीको सेयर मूल्य बढेको छ । ६२ कम्पनीको मूल्य बढ्दा १७५ को घटेको छ भने ७ वटाको अघिल्लो मूल्यमै कारोबार भइरहेको छ । व्यापार सेक्टर मात्रै बढेको छ । सो सेक्टर ०.२६ प्रतिशत बढेको छ ।
फाइनान्स सेक्टर सबैभन्दा धेरै १.२६ प्रतिशतले घटेको छ । बैंकिङ ०.४८, विकास बैंक ०.१८, होटल तथा पर्यटन ०.४८, हाइड्रोपावर ०.६९, लगानी ०.२२, जीवन बीमा ०.०४, उत्पादन ०.७०, माइक्रोफाइनान्स ०.६६, निर्जीवन बीमा ०.८९ तथा अन्य ०.५९ प्रतिशतले घटेका छन् । दोल्ती पावरको मूल्य सबैभन्दा धेरै ७.५ प्रतिशत बढेको छ । त्यस्तै एसियन हाइड्रोपावरको ५.४, सिन्धु विकास बैंकको ४.९, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ४.४ तथा स्वेतगंगा हाइड्रोपावरको ४.२ प्रतिशत बढेको छ ।
मिथिला लघुवित्त र भूगोल इनर्जीको मूल्य १० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, सिन्धु विकास बैंक, युनाइटेड मोदी हाइड्रोपावार र घलेम्दी हाइड्रोपावर लगातार अगाडि रहेका छन् ।