बिहिवार, आश्विन १५ गते २०८३

कर्मचारीलाई जागिरपछि अन्य नियुक्ति लिन दुई वर्षे कुलिङ पिरियड

बिहिवार , आश्विन १५, २०८३

काठमाडौं । सरकारी कर्मचारीका लागि जागीरपछि अन्य नियुक्ति लिन दुई वर्षे कुलिङ पिरियड लाग्ने गरी संघीय निजामती सेवासम्बन्धी विधेयक आएको छ ।

कुलिङ पिरियड भनेको सरकारी सेवाबाट राजीनामा दिएर वा अनिवार्य अवकाशमा गएर सेवाबाट बाहिरिएपछि पुनस् सरकारी, संवैधानिक, कूटनीतिक वा अन्य सरकारी सेवामा संलग्न हुन रोक्ने निश्चित अवधि हो ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संसद्‍मा लगेको विधेयकमा सरकारी कर्मचारीलाई जागीरपछि अन्य नियुक्ति लिन दुई वर्षे कुलिङ पिरियड लगाइने व्यवस्था छ ।

यसअघि यही १३ असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले संघीय निजामती सेवा विधेयक संघीय संसद् समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।


२५ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले यो विधेयकमाथि रायरपरामर्श लिन लोकसेवा आयोगमा विधेयकको मस्यौदा पठाउने निर्णय गरेको थियो । त्यसअनुसार सोही दिन विधेयक आयोग पुगेको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार