बिहिवार, आश्विन १५ गते २०८३

प्रधानमन्त्री शाह र अस्ट्रेलियाका राजदूत अर्न्स्टबीच भेटवार्ता

बिहिवार , आश्विन १५, २०८३

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच भेटवार्ता भएको छ। 

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र राजदूत अर्न्स्टबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा दुई देशको आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रधानमन्त्री शाहले यसअघि भारत, अमेरिकालगायतका देशका राजदूतसँग एक्लाएक्लै भेटवार्ता गरेका थिए। 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार