आफूले युद्धविराम लम्ब्याउन पटकपटक प्रस्ताव गर्दा पनि हमासले नमानेको आरोप इजरायले लगाएको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका एक अधिकारीले गत २४ घण्टामा गाजा पट्टीका विभिन्न भागमा ३२ प्यालेस्टिनीको मृत्यु भएको बताएका छन्।
युद्धविराम तोडिएयता इजरालको आक्रमणमा गाजामा ५ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको हमासले जनाएको छ।