बिहिवार, आश्विन १५ गते २०८३

साताको पहिलो कारोबार दिन सेयर बजारमा उच्च गिरावट

आइतवार , चैत्र ९, २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ५४.६२ अंकले घटेको छ । सो गिरावटपछि नेप्से २६१४.६८ विन्दुमा कायम भएको छ ।

बजार खुलेदेखि नै निरन्तर ओरालोमा देखिएको छ । कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३२ करोडको कारोबार भएको छ । कुल १३ कम्पनीको मूल्य बढ्दा २३० को घटेको छ । सबै सेक्टरका सूचक घटेका छन् । बैंकिङ १.४७, विकास बैंक २.४२, फाइनान्स २.९९, होटल तथा पर्यटन २.२३, हाइड्रोपावर २.३३, लगानी २.०५, जीवन बीमा १.८५, उत्पादन तथा प्रशोधन १.४६, माइक्रोफाइनान्स २.३६, निर्जीवन बीमा २.०७, अन्य १.७४ र व्यापार २.८५ प्रतिशतले घटेका छन् ।

आज मूल्य धेरै बढ्नेमा डिवेन्चर अगाडि रहेका छन् । आईसीएफसीडी ८८ को ३.८९, कुथेली बुखरी स्मल हाइड्रोको २.८, एनआईसीएडी ८२८३ को २ तथा एसबीडीबी ८७ को २ प्रतिशत मूल्य बढेको छ । मिथिला लघुवित्तको मूल्य १० प्रतिशतले घटेको छ । भूगोल इनर्जीको ७.२, सयपत्री हाइड्रोको ६.४, मायाखोला हाइड्रोको ५.६६,  अपरसोलु हाइड्रोको ५.४६ प्रतिशतले मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, युनाइटेड मोदी हाइड्रोपावर तथा सिन्धु विकास बैंक अगाडि रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार