आइतवार, कार्तिक ९ गते २०८३

लुम्बिनीका एमाले सांसदको रिट ‘हेर्न नभ्याइने’मा, विशेष अधिवेशन नरोकिने

मंगलवार , श्रावण २६, २०७८

काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट मंगलबार हेर्न नभ्याइनेमा राखिएको छ । प्रदेश प्रमुखले बोलाएको विशेष अधिवेशनविरुद्ध नेकपा एमालेका सांसद लीला गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिट मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा राखिएको थियो । तर रिट हेर्न नभ्याइएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । यससँगै मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न भोलि बोलाइएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन नरोकिने भएको छ ।

लुम्बिनीमा विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् । विपक्षी दलका सांसदले गरेको समावेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि विशेष अधिवेशन बोलाएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार