बिहिवार, आश्विन १५ गते २०८३

आज तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

सोमवार , चैत्र १०, २०८१

काठमाडौं । सुनको मूल्य आज पनि थप घटेको छ । चाँदीको मूल्य भने आज स्थिर रहेको छ ।

हिजोको तुलनामा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख ७३ हजार पाँचसय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुनको मूल्य एक लाख ७४ हजार एकसय रुपैयाँ कायम भएको थियो ।

गएको बुधबार अहिलेसम्मकै सबैभन्दा महँगो बनेको सुनको मूल्य एक लाख ७६ हजार रुपयाँ कायम भएको थियो । यो मूल्य आजसम्मकै सबैभन्दा धेरै रहेको छ । त्यसयताका तीन दिन भने लगातार घट्दै आएको छ । 

महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो प्रतितोला १५ रुपैयाँ घटेर तोलाको एक हजार नौसय ८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा स्थिर रहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार