सोमवार, आश्विन २६ गते २०८३

दाङको खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगगाली

सोमवार , चैत्र १०, २०८१

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका ९ खैरामा रहेको प्लाइ उद्योगमा आगगाली भएको छ । खैरामा रहेको सांग्रीला प्लाइ उद्योगमा विद्युत सट भएर आगलागी भएको हो । उक्त उद्योगमा आगगाली हुँदा करोडौँ रुपैयाँको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार आठ बिघा क्षेत्रफलमा रहेको सो उद्योगमा आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा रहेका छन् । ती घरका सामान बाहिर निकाल्ने काम भइरहेको छ भने त्यहाँ बस्दै आएका नागरिकलाई सुरक्षित स्थानमा लगिएको बताएका छन् ।

034632412dang-plywood-fire (5).jpg

आगलागीबाट प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउने मेसिनलगायत सामग्री जलेर नष्ट भएका छन् । उद्योगमा गएराति २ बजेदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । अहिले घोराही, तुलसीपुर, लमही, गढवा र कपिलवस्तुबाट ल्याइएका दमकलको सहयोगमा आगो निभाउने काम भइरहेको छ ।

dang-plywood-fire-(4)-1742787892.jpg

आगो निभाउन ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनालगायत स्थानीयबाट प्रयास भइरहे पनि नियन्त्रणमा आउन सकेको छैन ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार