काठमाडौं । काठमाडौंको कालोपुलमा गुठी संस्थान मातहतका जग्गा अतिक्रमण गरेर बनाइएका संरचनामा काठमाडौं महानगरले डोजर चलाएको छ ।
काठमाडौं महानगरपालिका र गुठी संस्थानको समन्वयमा अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाइएको हो । गुठी संस्थान स्रोतका अनुसार धेरै पहिलादेखि नै त्यहाँको गुठीको जग्गा अतिक्रमण गरेर संरचना निर्माण भएका थिए । सोही संरचनामा सोमबार महानगरपालिकासँगको समन्वयमा डोजर चलाइएको हो ।
महानगरको डोजर चलेपछि स्थानीयले अवरोध गरेका छन् । तर प्रहरीको बल प्रयोग गरी संरचना भत्काइँदै छ। अहिले महानगरको डोजरले संरचनाहरू भत्काइरहेको छ ।