काठमाडौं । अघिल्ला ६ कारोबार दिन लगातार घटेको सेयर बजार आज बढेको छ ।
बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज ३०.५२ अंकले बढेको हो । सो वृद्धिपछि नेप्से २६४५.२० विन्दुमा कायम भएको छ । बजारको परिसूचक बढ्दा पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४८ करोडको कारोबार भएको छ । २१० कम्पनीको मूल्य बढ्दा ३३ को घटेको छ ।
आज सबै सेक्टरका सूचक बढेका छन् । फाइनान्स सबैभन्दा धेरै ३.७५ प्रतिशतले बढेको छ । बैंकिङ ०.९२, विकास बैंक ०.७८, होटल तथा पर्यटन १.१६, हाइड्रोपावर १.००, लगानी ०.९५, जीवन बीमा १.६४, उत्पादन ०.८०, माइक्रोफाइनान्स ०.९०, निर्जीवन बीमा ०.६१, अन्य १.९१ तथा व्यापार १.५५ प्रतिशतले बढेको छ । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ९.२९ प्रतिशतले बढेको छ ।
पोखरा फाइनान्सको ७.४७, समृद्धि फाइनान्सको ६.३०, स्वेतगंगा हाइड्रोपावरको ५.६४ तथा रिलायन्स फाइनान्सको ५.२२ प्रतिशतले बढेको छ । अपरहेवाखोला हाइड्रोपावरको ४.९२, नारायणी डेभलपमेन्ट बैंकको ४.०५ तथा युनाइटेड मोदी हाइड्रोको २.९ प्रतिशत मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, सीएचडीसी, नेपाल पुनर्बीमा, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र सिन्धु विकास उत्कृष्ट पाँचभित्र पर्न सफल भएका छन् ।