आइतवार, कार्तिक ९ गते २०८३

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३ जना घाइते

मंगलवार , श्रावण २६, २०७८

काठमाडौं । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् । दुर्घटनामा ट्याक्टर चालक सल्यान कालिमाटी गाउँपालिका-३ का १९ वर्षीय खुमबहादुर ओली र मिक्चर हेल्पर शोही ठाउँ बस्ने २० वर्षीय यज्ञ बहादुर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

यस्तै कालिमाटी गाउँपालिका-३ का जंगबहादुर सिरिष मगर, ट्याक्टर सहचालक सोही ठाउँ बस्ने वर्ष १७ का कमल विक र मिक्चर हेल्पर कालिमाटी गाउँपालिका ४ का २० वर्षीय खुमबहादुर बस्नेत घाइते भएका छन्।
जिल्लाको कालिमाटी गाउँपालिका-४ चम्बुताराबाट मिक्चर बोकेर कालिमाटी जाँदैै गरेको ट्याक्टर मंगलबार राति साढे सात बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मिक्चर बोकेको ट्याक्टर अनियन्त्रित  हुँदा सडकबाट ५०÷६० मिटर तल खसेको थियो । घाइते मगर र विकको अवस्था गम्भीर रहेको सूचना अधिकारी पौडेलले बताए। घाइते तीनै जनालाई उपचारका लागि तुलसीपुर पठाइएको प्रहरीले जनाएका छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार