बिहिवार, आश्विन १५ गते २०८३

सेयर बजारमा उच्च गिरावट, ५ अर्ब १८ करोडको कारोबार

मंगलवार , चैत्र ११, २०८१

काठमाडौं । आज सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५८.०५ अंकले घटेको छ । सो गिरावटपछि नेप्से २५८२.७३ अंकमा कायम भएको छ । बजारको परिसूचक घट्दा कारोबार रकम बढेको छ ।

अघिल्लो दिन ४ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ५ अर्ब १८ करोडको कारोबार भएको छ । जम्मा ४ कम्पनीको मूल्य बढ्दा २४० को घटेको छ । आज सबै सेक्टर घटेका छन् । बैंकिङ १.४२, विकास बैंक २.९९, फाइनान्स ३.५०, होटल तथा पर्यटन २.७२, हाइड्रोपावर ३.३१, लगानी २.०८, जीवन बीमा २.२०, उत्पादन १.५०, माइक्रोफाइनान्स २.४९, निर्जीवन बीमा २.४६, अन्य १.८२ तथा व्यापार १.८५ प्रतिशतले घटेको छ ।

आज मूल्य धेरै बढ्नेमा डिवेन्चर अगाडि रहेका छन् । एनसीसीडी ८६, केबीएलडी ८९ को मूल्य ४ प्रतिशतभन्दा धेरै बढेको छ । नारायणी डेभलपमेन्ट बैंकको मूल्य ८.७ प्रतिशतले घटेको छ । सपोर्ट माइक्रोफाइनान्सको ७.३, इस्टर्न हाइड्रोको ७.१, सिन्धु विकास बैंकको ६.७ तथा विन नेपाल लघुवित्तको मूल्य ६.७ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार