काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ । हिजोको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख ७३ हजार पाँचसय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुनको मूल्य एक लाख ७३ हजार ३ सय रुपैयाँ कायम भएको थियो । चैत्र ६ गते (बुधबार) अहिलेसम्मकै सबैभन्दा महँगो बनेको सुनको मूल्य एक लाख ७६ हजार रुपयाँ कायम भएको थियो । यो मूल्य आजसम्मकै सबैभन्दा धेरै रहेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । मंगलबार तोलामा १ हजार ९ सय ८० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।