आइतवार, कार्तिक ९ गते २०८३

लुम्बिनीको विशेष अधिवेशन रोक्न परेको रिट आनन्द मोहन भट्टराईको इजलासमा

बुधवार , श्रावण २७, २०७८

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध परेको अविश्वास प्रस्तावमा छलफल गर्न आव्हान विशेष अधिवेशन विरूद्ध परेको रिटको आज सुनुवाई हुँदै छ । सर्वोच्च अदालतमा दायर भएको रिट न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासमा परेको छ ।

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । सो रिट मंगलबार ‘हेर्न नभ्याइने’मा राखिएको थियो । बुधबार सो रिट आठौं नम्बरमा राखिएको छ । मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न बुधबार दिउँसो एक बजे लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठक बस्दै छ ।

अल्पमतमा परेका मुख्यमन्त्री पोखरेलले विशेष अधिवेशन अघि नै राजीनामा दिने तयारी गरेको चर्चाका बीच बुधबार बिहान बसेको एमाले संसदीय दलको बैठकले भने अदालतको फैसला अनुसार अघि बढ्ने निर्णय गरी मुख्यमन्त्रीको राजीनामा होल्ड गरेको जनाएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार