काठमाडौं । आज सेयर बजार ३९.१३ अंकले बढेको छ । अघिल्लो दिन ५८ अंक घटेको बजार आज भने ३९.१३ अंकले बढेको छ ।
सो वृद्धिपछि नेप्से परिसूचक २६२१.८६ अंकमा कायम भएको छ । बजार बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ५ अर्ब १८ करोडको कारोबार भएकोमा आज ४ अर्ब २० करोडको कारोबार भएको छ । कुल २३१ कम्पनीको मूल्य बढ्दा १२ को घटेको छ । सबै सेक्टरका सूचक बढेका छन् । अन्य र जीवन बीमा सेक्टर सबैभन्दा धेरै २/२ प्रतिशतले बढेका छन् ।
बैंकिङ १.१५, विकास बैंक १.१९, फाइनान्स १.७५, होटल तथा पर्यटन १.७८, हाइड्रोपावर १.७०, लगानी १.६७, जीवन बीमा २.०६, उत्पादन ०.९८, माइक्रोफाइनान्स १.३०, निर्जीवन बीमा १.७५, अन्य २.०९ तथा व्यापार १ प्रतिशतले बढेको छ । माउन्टेन हाइड्रोको मूल्य ५.८५, स्वेतगंगा हाइड्रोपावरको ५.३५, मनकामना इन्जिनियरिङको ५.१९, राप्ती हाइड्रोको ४.९७ तथा हाथवे इन्भेस्टमेन्ट कम्पनीको मूल्य ४.४७ प्रतिशतले बढेको छ ।
उपकार लघुवित्तको ७.०९ तथा नारायणी डेभलपमेन्ट बैंकको ५.०४ प्रतिशत मूल्य घटेको छ । आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक तथा युनाइटेड मोदी हाइड्रोपावर लगातार अगाडि रहेका छन् ।