काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । हिजोको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुनको मूल्य एक लाख ७३ हजार पाँचसय रुपैयाँ कायम भएको थियो । चैत्र ६ गते (बुधबार) अहिलेसम्मकै सबैभन्दा महँगो बनेको सुनको मूल्य एक लाख ७६ हजार रुपयाँ कायम भएको थियो । यो मूल्य आजसम्मकै सबैभन्दा धेरै रहेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ । बुधबार तोलामा १ हजार ९ सय ९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा २ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।