काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ४१.४३ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६६३.३० विन्दुमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ ।
अघिल्लो दिन ४ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब २२ करोडको कारोबार भएको छ । २२७ कम्पनीको मूल्य बढ्दा १६ को घटेको छ । भने सबै सेक्टरका सूचक बढेका छन् । व्यापार सेक्टर सबैभन्दा धेरै ६ प्रतिशतले बढेका छन् । बैंकिङ ०.९०, विकास बैंक १.१०, फाइनान्स १.३०, होटल तथा पर्यटन ०.४४, हाइड्रोपावर १.०९, लगानी २.२०, जीवन बीमा १.७१, उत्पादन ०.९२, माइक्रोफाइनान्स २.२२, निर्जीवन बीमा ०.८५, अन्य १.७४ प्रतिशतले बढेका छन् ।
गुराँस लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ । सिर्जनशील लघुवित्तको ९.९, सपोर्ट माइक्रोफाइनान्सको ८.५, अभियान लघुवित्तको ७.६ तथा मानुषी लघुवित्तको ७.२ प्रतिशतले बढेका छन् । सबैभन्दा धेरै मूल्य घट्नेमा इस्टर्न हाइड्रोपावर रहेका छन्, जसको मूल्य १.५ प्रतिशतले घटेको छ ।
धेरै कारोबार भएका कम्पनीहरुमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स तथा ग्रीन डेभलपमेन्ट बैंक लगातार अगाडि रहेका छन् ।