आइतवार, कार्तिक ९ गते २०८३

बेलहिया नाकामा नेपाली व्यवसायीले रोकिदिए भारतीय ट्रक

बुधवार , श्रावण २७, २०७८

काठमाडौं । सडकको भारवहन क्षमताभन्दा दोब्बर बढी भार बोकेका भारतीय ट्रकलाई नेपाली ट्रक व्यवसायीले बेलहियामा रोकिदिएका छन् । भन्सार जाँचपास गरेर भैरहवातर्फ आउन थालेका भारतीय नम्बर प्लेटका तीन दर्जन मालबाहक ट्रकलाई पश्चिमाञ्चल यातायात व्यवसायी समितिले सोमबारदेखि रुपन्देहीको बेलहियास्थित बाइपास सडकमा रोकिदिएको हो ।

नेपालका सडकमा ३० टनभन्दा बढी भार बोक्न नपाइने कानुनी व्यवस्था भएपनि भारतीय ट्रकले ९० टनसम्म बोक्ने गरेको उनिहरुले बताएका छन् । तर सरकारी निकायले बेवास्ता गरेपछि आफूहरु विरोधमा उत्रिनुपरेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका उपाध्यक्ष अर्जुन भुसालले बताए ।

नियमअनुसार ६ चक्के ट्रकले ९.६ टन, १० चक्केले १६.२ टन, १२ चक्केले २१ टन, १४ चक्केले २५ टन र १८ चक्केले ३० टन बोक्न पाउँछन् । यही व्यवस्था अनुसार नेपालको सडकमा समेत बढीमा ३० टन बोकेका सवारी गुड्न पाउने व्यवस्था गरिएको छ ।

तर, भारतीय एउटै सवारीले ९६ टनसम्म सामान बोकेर आउने गरेको व्यवसायीहरु बताउँछन् । ती ट्रकमा उद्योगजन्य कच्चा पदार्थ, फलाम, मार्बल, टायल, फलफूल खाद्यान्न लगायत सामान हुने गरेको छ ।
क्षमताभन्दा दोब्बर-तेब्बर भारको सामान बोकेका सवारी साधनको भन्सार विन्दुमै भारमिलान गरी गन्तव्यमा जानुपर्ने कानूनी व्यवस्था छ ।

भार मिलान गर्दा मापदण्ड बढी सामान अनलोड गर्नुपर्ने हुन्छ । जसका कारण मापदण्ड बढी भार बराबरको सामान स्वदेशी ट्रकले ढुवानी गर्न पाउने अवसरबाट पनि वञ्चित भइरहेको व्यवसायीले बताएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार