बिहिवार, आश्विन १५ गते २०८३

साताको अन्तिम कारोबार दिन सुनको मूल्यले बनायो नयाँ रेकर्ड

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन सबै रेकर्ड ब्रेक गर्दै सुनको मूल्य अहिलेसम्मकै महँगो बनेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्यले  चैत्र ६ गते बुधबारको उच्च रेकर्ड तोडेर नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा आज छापावाल सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ । हिजो छापावाल सुनको मूल्य १ लाख ७४ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।आज छापावाल सुन तोलामा  १ लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च रहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । बुधबार तोलामा २ हजार २० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार