मंगलवार, आश्विन १३ गते २०८३

तालिबानले रिहा गर्‍यो अमेरिकी महिला

आइतवार , चैत्र १६, २०८१

काठमाडौँ । दुई महिनाअघि अफगानिस्तानमा तालिबानले हिरासतमा लिएकी अमेरिकी महिला फेय हललाई रिहा गरिएको छ।अफगानिस्तानका लागि पूर्वअमेरिकी विशेष दूत जाल्मे खलिलजादले यसको पुष्टि गरेको छ।

रिहा भएपछि जाल्मे खलिलजादले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा फेय हलको भिडिओ पोस्ट गरेकी छन्। जसमा फेय हलले डोनाल्ड ट्रम्पलाई धन्यवाद दिइरहेकी छन्।

जाल्मे खलिलजादले फेय हल रिहाइका लागि अफगानिस्तान र संयुक्त राज्य अमेरिकाबीच मध्यस्थता गरेकामा कतारलाई धन्यवाद दिएकी छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार