आइतवार, कार्तिक ९ गते २०८३

शिक्षक पनि लागु औषध कारोवारी, चारजना पक्राउ

बुधवार , श्रावण २७, २०७८

काठमाडौं । जाजरकोटमा लागु औषधसहित २ जना पक्राउ परेका छन् । आज बिहानमात्र भेरी नगरपालिका–२, डिंगाका ५० वर्षीय चक्रबहादुर थापा र वडा नं ४ का विजय भारतीलाई प्रहरीले पक्राउ गरेको हो । थापा कालिका आधारभूत विद्यालय डिंगाका शिक्षक हुन् ।

हप्ता दिनभित्र जाजरकोटमा शिक्षक र भारतीय नागरिकसहित चारजना लागुऔषध कारोबारी पक्राउ परेका छन् । शनिबार पनि लुकाइछिपाइ अवैधलागु औषध चरेस लिन थालेका एक भारतीयसहित दुई जनालाई जाजरकोट प्रहरीले बसपार्कबाट पक्राउ गरेको थियो ।

भारतको प्रभुद्ध नगर नेशनल मार्केट निवासी ३१ वर्षीय मूताविन अहमद र बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका ११ का २० वर्षीय उबेद खान सदरमुकामस्थित शान्तिचौतारा बसपार्कबाट एक केजी चरेससहित पक्राउ परेका हुन् ।

उनीहरुकै बयानका आधारमा चरेस ओसारपसारमा संलग्न भएको आरोपमा थापा र भारतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी मधुकुमार थापाले जानकारी दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार