बिहिवार, आश्विन १५ गते २०८३

साताको पहिलो कारोबार दिन २९ अंकले बढ्यो नेप्से, ७ अर्ब ५६ करोडको कारोबार

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार २९.८२ अंकले बढेको छ । आजको वृद्धिपछि नेप्से परिसूचक २६९३.१२ मा कायम भएको छ ।

दिउँसो कारोबारका क्रममा नेप्से २७१८ अंकसम्म पुगेको थियो । त्यसपछि केही बिक्री चाप बढ्न पुग्यो । अघिल्ला दुई दिन लगातार बजार बढेकाले आजको मध्यान्हतिर कतिपयले नाफा बुक गरेका छन् । आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब २२ करोडको कारोबार भएकोमा आज ७ अर्ब ५६ करोडको कारोबार भएको छ । २२२ कम्पनीको मूल्य बढ्दा २२ को घटेको छ । अधिकांश सेक्टरका सूचक बढेका छन् ।

बैंकिङ ०.८२, विकास बैंक ०.८२, फाइनान्स २.०१, होटल तथा पर्यटन १.४१, हाइड्रोपावर १.५४, लगानी २.१८, जीवन बीमा ०.८५, उत्पादन तथा प्रशोधन ०.५८, माइक्रोफाइनान्स ०.६२, निर्जीवन बीमा ०.७८, अन्य २.०८ प्रतिशतले बढेका छन् । व्यापार सेक्टर भने ०.२६ प्रतिशतले घटेको छ । जोशी हाइड्रोको मूल्य सबैभन्दा धेरै ९.९४ प्रतिशतले बढेको छ । त्यस्तै दोर्दीखोला हाइड्रोपावरको ६.५९, गुराँस लघुवित्तको ५.९५ र तेह्रथुम पावरको ५.८७ प्रतिशतले बढेको छ ।

सयपत्री हाइड्रोको ५.७९, सामुदायिक लघुवित्तको २.२१ प्रतिशत मूल्य घटेको छ । धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लगातार अगाडि रहेका छन् ।


प्रतिक्रिया
सम्बन्धित समाचार