काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग धेरै रिसाएको र दुखी भएको बताएका छन्। पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विश्वसनीयतामाथि आक्रमण गरेको ट्रम्पले बताएका हुन्।
अन्तर्वार्तामा ट्रम्पले यदि पुटिन युद्धविराममा सहमत भएनन् भने उनले रूसबाट तेल खरिद गर्ने देशहरूमा ५० प्रतिशत कर लगाउन सक्ने चेतावनी दिए । ट्रम्पले भने, ‘यदि रूस र म युक्रेनमा रक्तपात रोक्न सम्झौतामा पुग्न सकेनौँ, र मलाई लाग्छ कि यो रूसको गल्ती हो भने, म रूसबाट आउने सबै तेलमा थप कर लगाउनेछु।’